Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘होस्टेल ३’ ट्रेलर सार्वजनिक
शनिवार, फागुन १०, २०८१
काठमाडौँ, १० फागुन: विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ । यसको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थी जीवनमा छात्रावासमा बस्नेले त्यही छुट्टै परिवार बनाउनुहुन्छ, त्यहाँको जीवन र भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुनेगर्छ, त्यसकारण यो अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ, यसले दुवै पक्षको परिस्थितिलाई उजागर गर्छ ।”
निर्देशक कँडेलले ‘होस्टेल’ र ‘होस्टेल २’ पछि शृङ्खलाकै रुपमा ‘होस्टेल ३’ निर्माण गरिए पनि परिवेश र घटनाक्रम नयाँ रहेको बताउनुभयो । यसमा पारसवम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उल्लेखित कलाकारले यसै चलचित्रमार्फत आफ्नो अभिनय यात्राको सुरुआत गर्दै हुनुहुन्छ ।
नवअभिनेता ठकुरीले आफ्नो लागि चलचित्रमा अभिनय र अभिनय सपना झैँ भएको बताउनुभयो । “मैले यो यात्राको बारेमा सोचेको थिइन्, तर अहिले अभिनय थालेको छु, मैले बुझेको र मलाई सिकाइएको अनुसार आफ्नो पात्रलाई निर्वाह गर्ने कोसिस गरेको छु, यो चलचित्रममा काम गर्दा उस्तै उमेर समूहका भएर हुनसक्छ, हामी साथी बनेका छौँ, होस्टेल जीवन र त्यहाँको यथार्थलाई बुझ्न मदत पुगेको छ ।”
चलचित्रमा माधव शर्माले लेखन, अर्जुन तिवारीले छायाङ्कन निर्देशन, विकास दाहालले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।