बुधवार, चैत ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

झापाली समाज कतारको अध्यक्षमा चानीलाल राजबंशी सर्बसम्मत

आइतवार, फागुन ११, २०८१

झापा, ११ फागुन : झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित हुनु भएको छ ।
ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्षमा किरण परियार, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सह–कोषाध्यक्षमा युबराज बराल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

यसैगरी कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल राजबंशी, रविन काफ्ले र बिष्णुप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका महासचिव बिमल भारतीले जानकारी दिनुभयो।

सम्बन्धित खबर