Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
आइतवार, फागुन ११, २०८१
सिरहा, ११ फागुनः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ ।
यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।