Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राष्ट्रियसभा: स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड
आइतवार, फागुन ११, २०८१
काठमाडौँ, ११ फागुनःराष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उहाँले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताउनुभयो ।
सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गर्नुभयो ।
उहाँले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”, भन्नुभयो ।
सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उहाँले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उहाँले आपत्ति जनाउनुभयो ।