मङ्गलवार, चैत ५, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडका ईन्जिनियर श्रेष्ठको चुलाचुली सरुवा

सोमवार, फागुन १२, २०८१

बिर्तामोड, ११ फागुन : बिर्तामोड नगरपालिकाका ईन्जिनियर नरेन्द्र कुमार श्रेष्ठको सरुवा भएको छ । बिर्तामोडमा २०७८ सालदेखि काम गर्दै आउनु भएका श्रेष्ठ ईलामको चुलाचुली गाउँपालिका सरुवा हुनु भएको हो ।

श्रेष्ठलाई आज नगरपालिकाबाट औपचारिकरुपमा विदाई गरिएको छ । उहाँलाई नगर उप-प्रमुख तथा कार्यवहाक मेयर नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टाराई, उपसचिब तिलचन भण्डारी र अधिकृत मेघराज बाँस्तोलाले खादा लगाएर मायाको चिनो प्रदान गर्नु भयो ।

ईन्जिनियर श्रेष्ठ पाथिभरा याङबरक गाउँपालिका ताप्लेजुङबाट बिर्तामोड आउनु भएको थियो । विदाई कार्यक्रममा नगरका सबै शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर