शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

सोमवार, फागुन १२, २०८१

बिर्तामोड, १२ फागुन : झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ हुने भएको छ ।
झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तराष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सात वटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजार जनाभन्दा बढीको सहभागिता रहनेछ ।तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु र राष्ट्रको छवि सदैव अन्तर्राष्ट्रिय जगतमा उच्च राखेर नेपाललाई चिनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट स्वस्थ र जिम्मेवार युवा निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुबैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २० जना निर्णायक (रेफ्री) सहभागी हुने छन् । प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।

प्रतियोगितामार्फत खेलकुद क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्नेछ भने प्रदेशहरू बीच आपसी सम्बन्ध कायम राख्न मद्दत पुग्ने पनि विश्वास लिएको धिमालको भनाई छ ।प्रतियोगिताको आयोजनासँगै यहाँका पर्यटकीयस्थलहरको प्रचारप्रसार, स्थानीय व्यावसाय र पर्यटन व्यावसायलाई थप प्रवद्र्धन गर्न सहयोग गर्ने जनाइएको छ ।

देशभरका तेक्वान्दो खेलाडीहरु बिर्तामोडमा आउँदै गर्दा झापाको खेलकुद धार्मिक र ऐतिहासिकस्थल एवम् व्यापारिक क्षेत्रको पनि प्रवर्धन हुने बताइएको छ । अधिकांश युवा पुस्ता लागूऔषधको दलदलमा फसिरहेको बेला युवा पुस्तालाई सही मार्गमा डोहोर्याउन खेलकुदको भूमिका हुने उहाँको भनाई छ ।

सम्बन्धित खबर