शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड १ ले दियो अतिविपन्नलाई ठेलाभ्यान

शुक्रवार, फागुन १२, २०७९

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
 
मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताउनु भयो । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताउनु भयो । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आउनु भएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गर्नु भयो ।
वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको छ ।
 
 
 
सम्बन्धित खबर