Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ: अमरेशकुमार सिंह
सोमवार, फागुन १२, २०८१
काठमाडौँ, १२ फागुनःप्रतिनिधिसभाको आजको बैठकमा सांसद डा अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गर्नुभएको छ ।
“विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो ? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ”, उहाँले भन्नुभयो ।
यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उहाँले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गर्नुभयो । सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गर्नुभयो ।
सांसद रोशन कार्कीले अछामकी एक १२ वर्षिय बालिका बलात्कृत भएको घटनाको निन्दा गर्दै यस प्रकारका घटना रोक्न माग गर्नुभयो । उहाँले बालिकाहरुले न्याय नपाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।