बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको भेटवार्ता सकियो

शुक्रवार, फागुन १२, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।

संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नु भएको थियो । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ ।

ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ ।

बिहान पनि राष्ट्रपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ । अहिले बस्ने चार दलको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन् ।

सम्बन्धित खबर