Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
चीनले दक्षिण कोरियाली फिल्म, संगीतमा लगाएको प्रतिबन्ध हटाउने
मङ्गलवार, फागुन १३, २०८१
काठमाडौँ, १३ फागुन: चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ ।
‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ ।
यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा पनि व्याख्या गर्न सकिन्छ, जसले धेरै राष्ट्रहरूमा ट्यारिफ लगाउने धम्की दिइरहेको छ, यद्यपि अमेरिकी राष्ट्रपतिको चीनप्रतिको दृष्टिकोण अझै स्पष्ट छैन ।
अमेरिकी थाड मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेपछि चीनले सन् २०१६ मा कोरियाली संगीत, चलचित्र, नाटक, खेल र अन्य सबै प्रकारका पप संस्कृतिको वितरणमा प्रतिबन्ध लगाउन थालेको थियो ।
बेइजिङले आधिकारिक रूपमा प्रतिबन्धलाई कहिल्यै स्वीकार गरेको छैन । थोरै कोरियाली फिल्म र नाटक चिनियाँ हल वा स्ट्रिमिङ प्लेटफर्ममा रिलिज भएका छन् । चीनले के-पप कलाकारलाई देशमा प्रदर्शन गर्न अनुमति समेत दिएको छैन ।
कोरियाको मनोरञ्जन बजार पनि प्रतिबन्धले पूर्णरुपमा प्रभावित भएको छ । केडीबी फ्युचर स्ट्राटेजी रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार चिनियाँ प्रतिबन्धले सन् २०१७ मा कोरियाली उद्योगलाई १५.३ बिलियन अमेरिकी डलरको क्षति पुगेको छ ।