मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

बुधवार, फागुन १४, २०८१

धरान, १४ फागुनः कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउनुहुन्छ । उहाँले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहनुभएको छ । “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ का शिवमाया राई पनि हुनुहुन्छ । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उहाँले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गर्नुभयो । अहिले उहाँले आफँै नर्सरी सञ्चालन गरिरहनुभएको छ । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

“सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो”, उहाँले भन्नुभयो, “पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा रु ५० लिन थाले, पछि यो व्यवसाय बन्यो ।”

उहाँले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गर्नुभयो । अहिले यसैले व्यवसायी बनाएकामा उहाँ निकै खुसी हुनुहुन्छ । “सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । अहिले उहाँको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आउनुभएका प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउनुहुन्छ । नर्सरीमा उहाँले केही व्यक्तिलाई जागिर पनि दिनुभएको छ ।

धरान–२० का युमेनहाङ राईले पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउनुहुन्छ । अहिले अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथे, पछि यसैलाई व्यवसाय बनाएँ, अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।” उहाँको नर्सरीमा अहिले रु एक सयदेखि रु ७० हजारसम्मका बिरुवा छन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहनुभएको छ । उहाँले सञ्चालन गर्नुभएको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

“फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ”, उहाँ भन्नुहुन्छ, “फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।” फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उहाँको भनाइ छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक रु तीन करोडभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरु बताउँछन् ।

सम्बन्धित खबर