Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विमानस्थलबाट पौने चार किलो सुनसहित ४ जना पक्राउ
बिहिवार, फागुन १५, २०८१
काठमाडौँ , १५ फागुन: प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।
उनीहरुको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।
तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको बताइएको छ। तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।