Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु
बिहिवार, फागुन १५, २०८१
विर्तामोड, १५ फागुनः काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ ।
यसअघि झापाको विर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पु¥याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । झापाको गौरीगञ्ज, कन्काई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारालगायतका सडकमार्गसमेतमा टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालितरूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागु लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।
टिभिआरएस प्रणालीेले सवारी साधनको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ । यसैगरी दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।