शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न

सोमवार, फागुन १५, २०७९

झापा । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । नगरपालिकाको आज आयोजित दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसंगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले राख्नु भएको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् ।

अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९/८०का लागि स्विकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९/८०को लागि स्विकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो ।

 

अधिवेशनमा वडा नम्बर ७ की वडासदस्य हेमलता विक, वडा नम्बर ६का वडासदस्य खेमअधिकारी, वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटीले वडामा रहेका समस्याका बारेमा धारणा राख्नु भएको थियो । अधिवेशनमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख प्रसाईले आगामि आर्थिक वर्षको नगरसभा भन्दा अघिनै वडामा रहेका समस्या तथा गर्नु पर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गर्नु भयो ।

अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पार्नु भएको थियो ।

 

 

सम्बन्धित खबर