Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न
सोमवार, फागुन १५, २०७९
झापा । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । नगरपालिकाको आज आयोजित दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसंगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले राख्नु भएको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् ।
अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९/८०का लागि स्विकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९/८०को लागि स्विकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो ।
अधिवेशनमा वडा नम्बर ७ की वडासदस्य हेमलता विक, वडा नम्बर ६का वडासदस्य खेमअधिकारी, वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटीले वडामा रहेका समस्याका बारेमा धारणा राख्नु भएको थियो । अधिवेशनमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख प्रसाईले आगामि आर्थिक वर्षको नगरसभा भन्दा अघिनै वडामा रहेका समस्या तथा गर्नु पर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गर्नु भयो ।
अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पार्नु भएको थियो ।