Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडबाट भट्टराईको विदाई, प्रमुख प्रशासकिय अधिकृतमा मिश्र आउने
बिहिवार, फागुन १५, २०८१
बिर्तामोड, १५ फागुन : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको छ ।
भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएको हो । उहाँ करिब ३ महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादा लगाएर विदाई गर्नु भयो । बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिका सदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराज बाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो ।बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो ।
बिर्तामोडमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा सागर मिश्र आउनुहुने भएको छ । मिश्र यहि सोमबार नगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।