Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
गौरीशंकर मा.विको ६६ औं वार्षिकोत्सवको अबसरमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता
बिहिवार, फागुन १५, २०८१
झापा, १५ फागुन : बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
बाह्रदशी गाउँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गर्नु भएको थियो ।
गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो ।
प्रतियोगिका विजयी टिमलाई गाउँपालिका अध्यक्षा चम्लगाई, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले ट्रफी हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगितामा म्यान अफ द म्याच बाह्रदशी शिक्षक ११ टिमका जीवन धमला घोषित हुनुभयो । गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र वहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गर्नु भएको थियो ।
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव आगामी फागुन २० गते मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्याापक लेखनाथ कटुवालले जानकारी दिनुभयो ।