आइतवार, चैत ३, २०८१
Nayapaper | अनलाइन पत्रिका

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

शुक्रवार, फागुन १६, २०८१

काठमाडौँ, १६ फागुनः स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

सम्बन्धित खबर