Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड
शुक्रवार, फागुन १६, २०८१
चीन, १६ फागुन:चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।
सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।
सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरेपनि उहाँको अपिल अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।
अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।