आइतवार, चैत ३, २०८१
Nayapaper | अनलाइन पत्रिका

प्रेस चौतरी नेपालको महाधिवेशनको सर्‍यो

शुक्रवार, फागुन १६, २०८१

काठमाडौँ, १६ फागुनः प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो । यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

उहाँका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो । उहाँले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा सम्पन्न गर्ने बताउनुभयो ।

सम्बन्धित खबर