आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन

शुक्रवार, फागुन १६, २०८१

खोटाङ, १६ फागुनः दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ ।

सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायत ५१ वटा स्टल राखिएको आयोजकले गरेको छ ।

यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको पनि व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरु, प्रदेशका मन्त्री र सांसदहरु, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरुको उपस्थिति थियो ।

जिल्ला बाहिरबाट मात्र ३०० भन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति छ । त्यसअवसरमा विज्ञहरुबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएशन ललितपुर रहेका छन् । बाँसको प्रवद्र्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको छ । सम्मेलनमा अनुमानित रु ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । सम्मेलनलाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

त्यसअवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित भएका छन् ।

बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ ।

सम्बन्धित खबर