बिर्तामोड, १७ फागुन : पाँचथरको हिलिहाङ्ग गाउँपालिका वडा नम्बर २ स्थित सिंहपुर माध्यमिक विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान गरिएको छ ।
२०५८ सालमा एस.एल.सी दिएका विद्यार्थीहरुको आयोजनामा आज झापाको भुरुङ्गामा आयोजित बनभोज कार्यक्रममा पूर्व शिक्षक छत्र न्यौपाने, उहाँकी धर्मपत्नी गंगा न्यौपाने, धर्म थापा, खिलराज रेग्मी (माधव)लाई खादा तथा अबिर लगाएर सम्मान गरिएको हो ।
बनभोज कार्यक्रममा प्रतियोगितात्मक सामुहिक नृत्य, म्युजिकल चियर र हाँडी फुटाउने खेलसमेत खेलाईएको थियो । सामुहिक नृत्यमा रमेश तिवारी, म्युजिकल चियरमा तारा न्यौपाने खत्री र हाँडी फुटाउने खेलमा देविमाया रिजाल विजयी हुनु भयो । विजयीहरुलाई नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, मेची ट्रान्सपोर्ट एशोसिएशन झापाका सचिब तथा हाम्रो ढुवानी सेवा प्रा.लिका सञ्चालक पदम श्रेष्ठ र आमा गंगा न्यौपानेले नगद पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रमको सञ्चालन पूर्ब विद्यार्थी प्रकाश उप्रेतीले गर्नु भएको थियो ।
एउटै कक्षामा पढेका विद्यार्थीहरु लामो समयदेखि भेट नभईरहेको अवस्थामा बनभोज कार्यक्रमले शिक्षकसहित सबैलाई भेटघाट गर्ने अवसर जुराएको कार्यक्रम संयोजक पूर्बेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मलराज खत्रीले जानकारी दिनुभयो । उहाँले बनभोजमा कार्यक्रममा पाँचथर, झापा, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट भेला भएको बताउनु भयो ।



