Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड ७ मा निशुल्क आँखा शिबिर सम्पन्न
मङ्गलवार, फागुन १६, २०७९
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना तथा पुर्वेली मजदुर यातायात प्रा.लिको सहआयोजनामा शिबिर सम्पन्न भएको हो । मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक भवनमा सञ्चालित एक दिने निशुल्क आँखा शिविरको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले आँखा जाँच गरेर उद्घाटन गर्नु भयो ।
शिविरमा ४ सय ६० जनाले आँखा जाँच गराएका छन् । जसमा ३ सय ६० जनाले औषधी सेवन र १ सय ५० जनाले चश्मा प्रयोग गर्नु पर्ने देखिएको छ । यसै विच १७ जनामा मोतिया फेला परेको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले जानकारी दिनु भयो । उहाँले मोतीयाविन्दुका ७ जना बिरामीको निुशल्क शल्यक्रिया हुने पनि बताउनु भयो । शिविरमा नेपाल चश्मा घर सैनिकमोडले चश्मा सहयोग गरेको थियो ।
शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । आँखा जाँच गराउन सहभागी भएका २ सय ५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधीसमेत सेवन गरेका छन् ।