Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कचनकवलमा पुराणको प्रसाद खाँदा १६ जना बिरामी, आकस्मिक कक्षमा उपचार हुँदै
आइतवार, फागुन १८, २०८१
बिर्तामोड, १८ फागुन : झापाको कचनकवलमा पुराणको प्रसाद खाँदा १६ जना बिरामी परेका छन् । फुडपोइजन भएर
बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको स्वास्थ्य केन्द्रका डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । विषाक्त खाना खाएका कारण उनीहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेको डा. राजवंशीको भनाई छ ।
बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु समेत देखा परेको डा. राजवंशीले जानकारी दिनुभयो । कचनकवल गाउँपालिका–६ बनियानीका स्व. पशुपति दाहालको वार्षिक पूण्य तिथिको अवसरमा आयोजित पुराणमा आफन्त लगायत छरछिमेकीहरु गएर प्रसाद खाएका थिए । सोही प्रसाद खाँदा उनीहरू फुडपोइजन भएर बिरामी परेका हुन् । बिरामीहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।