Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापामा एकैदिन लागूऔषधसहित ५ जना पक्राउ
आइतवार, फागुन १८, २०८१
झापा, १८ फागुन : झापामा लागूऔषधसहित एकैदिन पाँचजना पक्राउ परेका छन् ।
बिहीवार पक्राउ परेका उनीहरुलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने बर्ष २२ का प्रेमा तामाङ रहेका छन् । उनको साथबाट प्लाष्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा न.९ बस्ने वर्ष २६ का दिपेन्द्र खापुङको साथबाट प्लाष्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।
त्यस्तै पैदल आउँदैं गरेका दमक नगरपालिका वडा नं.४ बस्ने बर्ष २३ का संजय राईको साथबाट प्लाष्टिकसहित २ ग्राम ६७ मिलिग्राम ब्राउनसुगर फेला परेको छ भने मे.२प.६४१९ नम्बरको मोटरसाइकल चालक इलाम माई नगरपालिका वडा नं. १ बस्ने बर्ष २६ का रोमन श्रेष्ठ र सोही मोटरसाइकलमा पछाडि सवार बर्ष ४६ का कृष्णबहादुर बुढाथोकी प्लाष्टिकसहित १ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिका वडा नं.५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदैं गर्दा उनीहरु पक्राउ परेको जनाइएको छ ।