Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
जापानमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
सोमवार, फागुन १९, २०८१
टोकियो, १९ फागुन : जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।
ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ । जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् ।
भूकम्पले आइतबारसम्म ८४ वटा भवनमा क्षति पु¥याएको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको विपद् व्यवस्थापन निकायले जनाएको छ । अधिकारीहरूका अनुसार करिब तीन हजार २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ। जापानमा सन् १९७० को दशकमा डढेलोको चरम बिन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार ३०० हेक्टरको हाराहारीमा जङ्गलमा डढेलो फैलिएको थियो । ओफुनाटोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो ।