बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

व्यावसायिक रुपमा नौमती बाजाउँदै रोङका महिला

मङ्गलवार, फागुन २०, २०८१

इलाम, २० फागुनः यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरुले व्यावसायिक रुपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरु यतिबेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभकार्यमा नौमती बजाउन व्यस्त छन् । 
 
उद्यमशील महिला समूह रोङ–२ की बबिता बोहोरालाई झापाबाट नौमती बजाउन निम्तो आएको छ । झापाको विर्तामोड, उर्लाबारी, धुलाबारी, दमकलगायत क्षेत्रबाट फोन आउने गरेको बोहोराले बताउनुभयो । “हालसम्म सातवटा कार्जेमा नौमती बजायौँ । अझै वैशाखसम्मलाई फोन आइरहेको छ,” उहाँले भन्नुभयो, “हामी  पाँचदेखि ११ जनाको टोली जान्छौँ । कसैले १० हजार कसैले १५ हजार त कसैले २०–२५ हजार दिने गर्नुभएको छ ।”
 
गीता कट्टेललाई नौमती बाजाको तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । “गाउँपालिकाले जुुराएको अवसर उपयोग गर्न सीप सिकौँ भनेर गएका थियौँ । तर यसरी व्यावसायिक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन,” कट्टेलले भन्नुभयो । 
 
नौमती बजाउनेमा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । “महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग पु¥याएको छ,” उपाध्यक्ष भुजेलले भन्नुभयो, “बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।”
 
विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाका रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ । विगतमा नौमती छुइन्छ कि भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिका रुपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।”
 
महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिइएको थियो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल हुन्छन् ।
सम्बन्धित खबर