Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा भेटियो ‘बैजनी बुङ्गेचरा’
बुधवार, फागुन २१, २०८१
झापा, २१ फागुन : चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पार्नुभएको छ । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले बताउनुभयो । ‘बैजनी बुङ्गेचरा’ फेला परेसँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।
मेचीनगर–६ काँकडभिट्टा निवासी संरक्षण अभियन्ता खरेलले यसअघि ‘हरित परेवा’ नामक अर्को नयाँ चरा नेपालमा फेला पार्नुभएको थियो । खरेलका अनुसार ‘बैजनी बुङ्गेचरा’को अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ हो । भारत, श्रीलङ्कालगायतका कतिपय मुलुकमा यो चरा पाइएको छ । चरा अवलोकनको क्रममा खरेलले २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैँचामा ‘बैजनी बुङ्गेचरा’को जोडीको पहिलो तस्बिर र भिडियो खिच्नुभएको थियो ।
खरेलले फागुन ९ गते उक्त तस्बिरलाई नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाउनुभएको थियो । सङ्घका अध्यक्ष डा तुलसी सुवेदीले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत नेपालमा नयाँ चराको रूपमा ‘बैजनी बुङ्गेचरा’ थपिएको सार्वजनिक गर्नुभएको खरेलले बताउनुभयो । चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहनुभएको चराविद् खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियो समेत खिचेर कीर्तिमान राखिसक्नुभएको छ ।