Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बाँझोपनाको समस्या समाधानका लागि गाई गोठमै पुगेर सेवा
बुधवार, फागुन २१, २०८१
बिर्तामोड, २१ फागुन : बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ ।
नगरको पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा. नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुकासाथै आवश्यक औषधीसमेत नि:शुल्क वितरण गरेको जानकारी दिनुभयो ।नगरपालिकाले यस आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोहि सुचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले जानकारी दिनु भयो ।शिविरमा डा. खड्का सहित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका पशु चिकित्सक कपिलदेव यादव, मिथिलेसकुमार दास, पशुपंछि तथा मत्स्य विकास शाखा बिर्तामोडका राजेश अधिकारीलगायतको टोली खटिएको थियो । तुलनात्मकरुपमा भैँसीमा भन्दा गाईमा धेरै बाँझोपनाको समस्या देखिने गरेको जनाईएको छ ।