


काठमाडौं, २१ फागुन : संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदलाई प्रश्न गर्दा अपशब्द प्रयोग गरेको आरोपमा उनीहरूको प्रवेश पास निलम्बन गरिएको हो।
महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो।


