Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विद्यार्थीलाई मादकपदार्थ बिक्री गरेको आरोपमा होटल सञ्चालक पक्राउ
शुक्रवार, फागुन २३, २०८१
झापा, २३ फागुन : विद्यार्थीलाई मादकपदार्थ बिक्री गरेको आरोपमा बिर्तामोड ३ स्थित ब्रदर होटलका सञ्चालक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्र माध्यमिक विद्यालय बिर्ताबजारमा कक्षा ९ मा अध्ययनरत ३ जना छात्र र ३ जना छात्रालाई बस्नेतले बिहिबार बिहान १० बजे मादक पदार्थ (रक्सी) बिक्री गरेका थिए । विद्यालय पोसाकमै रहेका विद्यार्थीहरुले होटलमा गएर रक्सी किनेर सेवन गरेका हुन् । प्रहरीले विद्यार्थी मातेको अवस्थामा फेला पारेपछि अभिभावकको जिम्मा लगाएको थियो ।
होटल सञ्चालक ४६ वर्षीय बस्नेतलाई प्रहरीले अभिभावकको जाहेरीका आधारमा पक्राउ गरेर ५ दिन म्याद थप गरेको छ । उनलाई अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।