Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बगान युथ क्लब बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा
शुक्रवार, फागुन २३, २०८१
बिर्तामोड, २३ : फागुन : सुनसरीको न्यु स्टार क्लबमाथि शानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा न्यु स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै बगान अन्तिम चारमा पुगेको हो ।
खेलमा हाबी देखिएको बगानका लागि खेलको ६० औँ र ६९ औँ मिनेटमा मिलन चाम्लिङ राईले गोल गरे । त्यस्तै, खेलको ६५ औँ मिनेटमा दिपेश श्रेष्ठले एक गोल थपे ।
खेलको प्लेयर अफ द म्याच बगानका २ गोलकर्ता राई भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई मुख्य प्रवर्धक बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे ।
भोलिको पहिलो सेमिफाइनल खेल आयोजक बुट्टाबारी युनाइटेड क्लब र इलामको रेडहर्स फुटबल क्लबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव रविन राईले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।