Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बुट्टाबारी च्यालेन्ज कपः उपाधिका लागि आयोजक र बगान खेल्दै
सोमवार, फागुन २६, २०८१
बितामोड, २६ फागुन : झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बुट्टाबारी युनाइटेड क्लब र बगान युथ क्लब कचनकवल खेल्दै छन् ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा भोलि फागुन २७ गते हुने फाइनल खेलमा दुई झापाली टिमले एकअर्काको सामना गर्दै छन् ।
बुट्टाबारीले क्वार्टर फाइनलमा गाईघाट युनाइटेड क्लब उदयपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने रेड हर्स एफसीलाई रोक्दै फाइनल प्रवेश गरेको थियो ।
त्यस्तै, बगानले न्यु स्टार क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने शनिश्चरे एफसी अर्जुनधारालाई स्तब्ध पार्दै उपाधिनजिक पुगेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।