शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट सेवा सुरु

बिहिवार, फागुन १८, २०७९

झापा ।   बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनु भयो ।
बिहिबार नगर अस्पतपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै  नगरप्रमुख प्रसाईले अस्पतालको सेवा बारे जानकारी दिनु भएको हो । उहाँले नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा थप गुणस्तरीय हुने बताउनु भयो । अब बिर्तामोडवासीले उपचारका लागि नीजि अस्पताल नै धाउनु पर्ने बाध्यता हट्ने उहाँले बताउनु भयो ।

नगर अस्पतालको मडीकल सुपरीटेन्डेन्टमा डा. सुनिल अधिकारीलाई नियुक्ति गरिएको छ । नयाँ भवन र डाक्टरको सुविधा थप भएपछि अहिले  दैनिक २५० देखि ४०० जना विरामी उपचारका लागि आउने गरेको नगरका स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले जानकारी दिनु भयो ।

नगर अस्पतालमा स्वास्थ्य बीमा पूर्ण रुपमा लागु भइसकेको छ भने दैनिक ओपीडीसहितको उपचार तथा परामर्श सेवा सुरु गरिएको छ । अस्पतालमा प्रयोगशाला सेवा समेत सञ्चालनमा छ । भिडियो एक्स–रे, एक्स–रे, इसीजी, २४ घण्टे इमरजेन्सी सेवा, २४ घण्टे सुरक्षित प्रसुती सेवा र ६ वटा डाइलोसिस मेसिनसहितको सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

अस्पतालमा गर्भवती जाँच सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, निशुल्क सुरक्षित गर्भपत सेवा, बच्चाहरुमा हुने कुपोषण जाँच तथा व्यवस्थापन, नेपाल सरकारबाट तोकिएका ९८ प्रकारका औषधिको निशुल्क वितरण, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधी वितरण, कोभिडको निशुल्क जाँच, खोप कार्यक्रम, निरोगिता प्रमाणपत्र दिने सेवा सञ्चालनमा रहेको छ ।

नगर अस्पतालमा जनशक्तिको रुपमा १ जना मेसु र ३ जना एमवीवीएस डाक्टरसहित ३६ जना रहेका छन् ।

नेपाल सरकारको ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा निर्माण भएको १५ शैयाको अस्पताल भवनको सभामुख देवराज घिमिरेबाट फागुन २० गते शनिबार औपचारिक उद्घाटन गर्ने तयारी छ ।

सम्बन्धित खबर