Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने
बुधवार, फागुन २८, २०८१
बेइजिङ, २८ फागुन: चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि रुस र इरानलाई आतिथ्य गर्ने बेइजिङको विदेश मन्त्रालयले बताएको छ ।
“तीन पक्षले इरानी आणविक मुद्दा र अन्य आपसी चासोका विषयहरूमा विचार आदानप्रदान गर्नेछन्”, विदेश मन्त्रालयका प्रवक्ताले बुधबार भने ।
बैठकमा चीनका उप–विदेशमन्त्री मा झाओजु, रुसी उप–विदेशमन्त्री र्याब्कोभ सर्गेई अलेक्सेभिच र इरानी उप–विदेशमन्त्री काजेम घरिबाबदीले भाग लिनुहुनेछ ।
सन् २०२१ मा समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा नियन्त्रण लगाउने ऐतिहासिक सम्झौताबाट पछि हटेको थियो ।
वासिङ्टनको फिर्तापछि तेहरानले एक वर्षसम्म सन् २०१५ को सम्झौतालाई पालना गर्यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो । सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासहरू त्यसयता असफल भएका छन् ।