मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नसर्ने रोगका बिरामीको पहिचान गर्दै ‘पौवादुङमा’

बुधवार, फागुन २८, २०८१

भोजपुर, २८ फागुनः जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर÷घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्ययले जानकारी दिनुभयो । गाउँपालिकाका ३० वर्ष माथीका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण भइरहेको उहाँले बताउनुभयो । हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

“हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छ”, शाखा प्रमुख दाहालले भन्नुभयो, “तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परीक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्षमाथिका एक हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।”

हालसम्मको परीक्षणमा यहाँका करिब १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएकोे उहाँले जानकारी दिनुभयो । परीक्षणका क्रममा १० जनामा मिर्गौला समस्या र १५ जनामा मधुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताउनुभयो ।

कार्यक्रममार्फत उच्चरक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाइ अनुसारको तौलको परीक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याव परीक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । “नसर्ने रोगका कारण मावन स्वास्थ्यमा पु¥याउने क्षतिको न्यूनीकरणको लागि हामीले त्यस्ता रोगीहरुको खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरुको खोजी थालेका हौँ । कतिपय मानिसहरुले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धति र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दीर्घरोगको बिरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोगथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । योजनाबद्ध रुपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भइरहेको भए पनि नसर्ने दीर्घरोगको रोकथाम तथा न्यूनीकरणको लागि नागरिकको स्वास्थ्य परीक्षणको काम भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “मानवको स्वास्थ्य नै धन हो”, उहाँ भन्नुभयो, “हाम्रो सानो असावधानीका कारण ठूलो रोगको सिकार बन्नुपरेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन बिरामीको खोजी थालेका हौँ । समयमा नै दीर्घरोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको बिक्री वितरणमा कडाइ गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले नागरिकलाई पोषणुयक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैँसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताउनुभयो । गाउँघरमा पाउने अर्गानिक बस्तुको खानपिन तथा नियमित व्यायमले नागरिकलाई स्वास्थ्य रहन मद्दत गर्ने उहाँको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाई गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दही, मही प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालबालिका, गर्भवती, सुत्केरी तथा वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । नागरिकलाई अर्गानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास बोर्डमार्फत गड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “रासायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकाले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविकखेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेतनाका कार्यसमेत गरिरहेका छौँ ।”

सम्बन्धित खबर