बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अमेरिकी इस्पात भन्सार शुल्कबाट मुक्त नहुनु ‘खेदजनक’: जापान

बुधवार, फागुन २८, २०८१

काठमाडौँ, २८ फागुनः जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र एल्युमिनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’ भएको बताएको छ ।

जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (०४०० जिएमटी बुधबार) मा लागू भएको भन्सार शुल्कको विवरण छलफल गर्न जारी राख्ने बताउनुभयो ।

“व्यापार सीमित गर्ने व्यापक उपायहरूले जापान–अमेरिका आर्थिक सम्बन्धका साथै विश्व अर्थतन्त्र र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्ने जोखिम रहन्छ”, हयासीले पत्रकारहरूलाई भन्नुभयो, “जापानलाई अतिरिक्त भन्सार लगाउनबाट बाहिर नराखिएकामा खेदजनक छ ।”

सन् २०२४ मा जापानले तीन करोड १४ लाख टन इस्पात निर्यात गरेको थियो । सोमध्ये ११ लाख टन अमेरिकामा गएको थियो । वासिङ्टनका अनुसार यो देशको इस्पात आयातको चार प्रतिशत हो ।

“जापानी इस्पात र एल्युमिनियम उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई हानी गर्दैन, बरु, हाम्रा उच्च गुणस्तरका उत्पादनहरू प्रतिस्थापन गर्न कठिन छ र अमेरिकी निर्माण उद्योगको प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन आवश्यक छ”, हयासीले भन्नुभयो ।

अर्थव्यवस्था, व्यापार र उद्योगमन्त्री योजी मुटोले यस हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूलाई जापानलाई धातु र आगामी सवारी भन्सार शुल्कबाट छुट दिन आग्रह गर्नुभएको थियो ।

“मन्त्री मुटोको अमेरिकी भ्रमणका क्रममा वासिङ्टनले जापानसँगको आफ्नो सम्बन्धलाई प्राथमिकताका रूपमा लिएको र संयुक्त राज्य अमेरिकामा जापानको लगानीका साथै अमेरिकी अर्थतन्त्रमा रोजगारीका माध्यमबाट खेलेको भूमिकालाई मूल्यवान ठानेको आफ्नो स्थिति व्यक्त गरेको थियो”, हयासीले भन्नुभयो ।

“संयुक्त राज्य अमेरिकामा इस्पात र एल्युमिनियमको जापानी निर्यातको अनुपात... धेरै सानो छ, त्यसैले जापानी कम्पनीहरूमा प्रत्यक्ष प्रभाव त्यति ठूलो हुनेछैन”, जापान बिजनेस फेडरेसनका अध्यक्ष मासाकाजु टोकुराले यस हप्ताको सुरुमा भन्नुभएको थियो ।

यद्यपि विशेष गरी धेरै जापानी कम्पनीहरू मेक्सिको र क्यानाडामा विस्तार भएका छन् र त्यहाँबाट संयुक्त राज्य अमेरिकामा निर्यात गरिरहेकाले अटोमोबाइलहरूमा लगाइएको भन्सार शुल्कले महत्त्वपूर्ण प्रभाव पार्नेछ । “सबैभन्दा ठूलो समस्या भनेको व्यापारको पूर्वानुमान क्षमतामा आएको गिरावट हो, जसले कम्पनीहरूलाई लगानी गर्न हिचकिचाउने बनाउन सक्छ”, टोकुराले भन्नुभयो ।

जापान विश्वको सबैभन्दा धेरै बिक्री हुने कार निर्माता टोयोटाको घर हो र अटो उद्योगको स्वास्थ्यले पार्ट्स निर्माणदेखि इस्पात र माइक्रोचिपसम्म धेरै क्षेत्रहरूलाई असर गर्छ । सन् २०२४ मा देशको २१३ खर्ब येन (एक खर्ब ४५ अर्ब डलर) अमेरिकी निर्यातमा कार र अन्य सवारी साधनको हिस्सा लगभग एक तिहाइ थियो ।

सम्बन्धित खबर