बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

‘कोशी’ प्रदेश नामाङकनको बिरोधमा बिर्तामोडमा प्रदर्शन

बिहिवार, फागुन १८, २०७९

झापा । ‘कोशी’ प्रदेश नामाङकनको बिरोधमा रहेका दलहरुले बिर्तामोडमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदेशको नामाकरण खारेजी गरेर पहिचानसहितको नाम राख्नुपर्ने माग राखेका छन् ।

आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी, किरात राई यायोक्खा र राष्ट्रिय जनमुक्ति पार्टीले बिर्तामोडमा बिरोधसभा गरेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेशको नाम कोशी राख्ने निर्णय प्रतिगामी भएको बताउनु भयो । कोशी प्रदेश निर्माणले नेपाल समृद्ध होइन, गृहयुद्धमा जाने सम्भावना भएको राईको भनाई छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशका नेताको राजनीतिक भबिस्यमाथि प्रश्न उठिसकेको उहाँले बताउनु भयो । तीन दलले गलत कदम चालेको भन्दै राईले उनीहरुलाई सच्याउन अनुरोध गर्नु भएको छ ।

आदिवासी जनजाति महासघका उपाध्यक्ष केबलराम राईले कोशीलाई काँशी बनाउन खोजिएको आरोप लगाउनु भयो । कोशी प्रदेशको नामाकरणले यो प्रदेशलाई भारतमा बिलय गराउन खोजिएको उहाँको भनाई थियो । राईले पहिचान सहितको प्रदेश घोषणाका लागि शसक्त आन्दोलन गर्नका लागि एकजुट हुन अनुरोध गर्नु भयो ।

आदिवासी नेता सन्तोष गणेशले प्रदेशको नामाकरण एकात्मक भएकाले आन्दोलनको मर्म बमोजिम सङघात्मक नामाकरण हुनुपर्ने बताउनु भयो । उहाँले आन्दोलनको दवावमा नाम परिवर्तन गराएरै छोड्ने समेत बताउनु भयो । कार्यक्रममा कर्ण राजबंशी, भरत श्रेष्ठ, गजेन्द्र आङबुहाङ, सनम राजबंशी लगायतले बोल्दै प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्ने माग गरेका थिए ।

सम्बन्धित खबर