Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘कोशी’ प्रदेश नामाङकनको बिरोधमा बिर्तामोडमा प्रदर्शन
बिहिवार, फागुन १८, २०७९
झापा । ‘कोशी’ प्रदेश नामाङकनको बिरोधमा रहेका दलहरुले बिर्तामोडमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदेशको नामाकरण खारेजी गरेर पहिचानसहितको नाम राख्नुपर्ने माग राखेका छन् ।
आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी, किरात राई यायोक्खा र राष्ट्रिय जनमुक्ति पार्टीले बिर्तामोडमा बिरोधसभा गरेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेशको नाम कोशी राख्ने निर्णय प्रतिगामी भएको बताउनु भयो । कोशी प्रदेश निर्माणले नेपाल समृद्ध होइन, गृहयुद्धमा जाने सम्भावना भएको राईको भनाई छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशका नेताको राजनीतिक भबिस्यमाथि प्रश्न उठिसकेको उहाँले बताउनु भयो । तीन दलले गलत कदम चालेको भन्दै राईले उनीहरुलाई सच्याउन अनुरोध गर्नु भएको छ ।
आदिवासी जनजाति महासघका उपाध्यक्ष केबलराम राईले कोशीलाई काँशी बनाउन खोजिएको आरोप लगाउनु भयो । कोशी प्रदेशको नामाकरणले यो प्रदेशलाई भारतमा बिलय गराउन खोजिएको उहाँको भनाई थियो । राईले पहिचान सहितको प्रदेश घोषणाका लागि शसक्त आन्दोलन गर्नका लागि एकजुट हुन अनुरोध गर्नु भयो ।
आदिवासी नेता सन्तोष गणेशले प्रदेशको नामाकरण एकात्मक भएकाले आन्दोलनको मर्म बमोजिम सङघात्मक नामाकरण हुनुपर्ने बताउनु भयो । उहाँले आन्दोलनको दवावमा नाम परिवर्तन गराएरै छोड्ने समेत बताउनु भयो । कार्यक्रममा कर्ण राजबंशी, भरत श्रेष्ठ, गजेन्द्र आङबुहाङ, सनम राजबंशी लगायतले बोल्दै प्रदेशको नामाकरण पहिचानसहितको हुनुपर्ने माग गरेका थिए ।