Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
प्रधानमन्त्री कप क्रिकेट: आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य
बिहिवार, फागुन २९, २०८१
रुपन्देही, २९ फागुन : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ । आर्मीका तिर्थराज दास र विनोद भण्डारीले अर्धशतक बनाउनुभएको छ ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको छ । आर्मीका ओपनर तिर्थराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउदा कप्तानसमेत रहनुभएका विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाउनुभयो । यसैगरी भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन प्रहार गर्नुभयो ।
बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिनुभयो भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिँदै ३ विकेट लिनुभयो । सुनिल धमला २ विकेट लिनुभयो ।
दुई खेल खेलेको आर्मीको टोली दुबैमा जित निकाल्दै ४ अङ्कसहित प्रतियोगिताको अङ्कतालिकामा शिर्ष स्थानमा रहेको छ भने २ खेल नै खेलेको कर्णाली १ वटामा जित र १ वटामा हार ब्यहोर्दै २ अङ्कसहित अङ्कतालिकामा ५ औँ स्थानमा रहेको छ ।