बिर्तामोड, २९ फागुन । वीरता जेसीजका सन् २०२५ का अध्यक्ष युवराज कुवरले झण्डोत्तोलन गरेर आफ्नो कार्यकाल शुभारम्भ गर्नुभएको छ ।
वीरता जेसीजको सचिवालय बिर्तामोडमा विहीवार आयोजित एक कार्यक्रमकाबीच वीरता जेसीजको झण्डा र नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो । कार्यक्रममा वीरता जेसीका अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा पूर्व अध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी, निवर्तमान अध्यक्ष विकास बस्नेत लगायतले शुभकामना मन्तव्य राख्दै सन् २०२५ को कार्यकाल सफल बनाउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष कुँवरले सन् २०२५ मा वीरता जेसीजलाई उचाईमा पु¥याउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमको सञ्चालन वीरता जेसीज सन २०२५ का महासचिव विज्ञानराज पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संयोजक संयुक्त सचिव सुवास त्रिखत्रीले स्वागत गर्नुभएको हो ।
यसअघि वीरता जेसीजका सन् २०२४ र सन् २०२५ कार्य समितिबीचको संयुक्त बोर्ड बैठक सम्पन्न भएको थियो । वीरता जेसीजका सन् २०२४ का विकास बस्नेत र २०२५ का अध्यक्ष युवराज कुँवरको संयुक्त अध्यक्षतामा भएको बोर्ड बैठकमा बुझबुझारथसमेत गरिएको थियो ।
त्यसैगरी विहीवार नै वर्ष २०२५ को नयाँ कार्य समितिको प्रथम बोर्ड बैठक युवराज कुँवरको अध्यक्षतामा सम्पन्न भएको महासचिव विज्ञानराज पौडेलले जानकारी दिनुभयो ।




