शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड १मा जग्गाधनी दर्ता प्रमाण पत्र वितरण सुरु

शुक्रवार, फागुन १९, २०७९

बिर्तामोड । २ नम्बर नापी टोली बिर्तामोडले जग्गाधनी दर्ता प्रमाण पत्र वितरण सुरु गरेको छ । आज नापी टोलीको कार्यालयमा आयोजित कार्यक्रमका विच औपचारिक रुपमा प्रमाण पत्र वितरण थालेको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डेले वरिष्ठ अधिवक्ता लिला उदासीलाई जग्गाधनी प्रमाण पत्र प्रदान गरेर कार्यक्रम उद्घाटन गर्नु भयो ।

बिर्तामोडको वडा नम्बर १मा अहिले १५ सय वटा धनीपुर्जा वितरण गरिने २ नम्बर नापी टोली प्रमुख बिरेन्द्र पौडेलले जानकारी दिनु भयो । उहाँले २०२१ सालको लगतमा व्यक्तिलाई जग्गाधनी बनाइसकेका जग्गाहरुको हकमा आवश्यक प्रक्रिया पुर्याएर नापी टोलीमा आएर तत्कालिन समयमै दर्ताको लागि निवेदन दिनेहरुलाई रित पुर्वक काम सम्पन्न गरि पुर्जा तयार भएका व्यक्तिहरुको प्रमाण पत्र वितरण सुरु गरीएको बताउनु भयो ।

तथ्याङ्क अनुसार वडा नम्बर १मा अरु संख्या बढेर २ हजार पुग्न सक्ने नापी टोलीले जनाएको छ । वडा नम्बर २ मा पनि ९ सय ६० वटा पुर्जा तयार भएको र वितरण गर्न बाँकी रहेको छ । तथ्याङ्क अनुसार नापीले २०७६ साल असार १५ गते जग्गा नाप नक्शाको काम सम्पन्न गरेर साउन ५ गते ७ दिने सूचना प्रकाशन गरेको थियो ।

२ नम्बर नापी टोली बिर्तामोडले साविकको चारपाने गाविस क्षेत्रमा नापीको काम गर्दै आएको छ ।

सम्बन्धित खबर