Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पूर्वविशिष्टलाई थप सुविधा दिने निर्णय सरकारले गरेको छैन: उपप्रधानमन्त्री सिंह
शनिवार, चैत २, २०८१
पाल्पा, २ चैत:उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार पूर्वविशिष्ट पदाधिकारीको सुविधा बढाउने योजनामा नरहेको बताउनु भएको छ । । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सरकारले निर्णय नै नगरेको विषयमा हल्ला चलाइएको बताउनु भयो ।
“देशको आर्थिक अवस्थाका विषयमा सरकार जानकार छ। यस्तोबेला पूर्वविशिष्टलाई थप सुविधा दिने निर्णय सरकारले गरेको छैन र गर्दैन,’’ सिंहले भन्नुभया, ‘‘अहिले दिँदै आएको सुविधा कानुनद्वारा व्यवस्थापन गर्न भने जरुरी छ।’’
सिंहले सर्वोच्च अदालतको फैसलाले नै कानुन बनाउन निर्देशन गरेकाले कानुन बनाउनु सरकारका लागि बाध्यात्मक रहेको बताउनु भयो । कानुन बनाएर व्यवस्थित गर्दा कसको सरकार छ त्यसअनुरूप सुविधा दिने तजविजी अधिकार अन्त्य हुने बताउनु भयो ।
‘‘कानुन बनेपछि कानुनले तोकेका आधारमा मात्र सुविधा दिन मिल्ने हुँदा सरकारमा को छ र सुविधाका विषयमा कसरी निर्णय भयो भनेर हेर्नुपर्ने अवस्था आउँदैन,’’ सिंहले भन्नुभयो, ‘‘तर यसबारे कुनै निर्णय भइसकेको छैन, गृहले आफ्नो ढंगले तयारी गरेको हुन सक्छ।’’