शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

सभामुख देवराज घिमिरे भोली झापा आउने

शुक्रवार, फागुन १९, २०७९

बिर्तामोड । सभामुख देवराज घिमिरे झापा आउने भएका छन् । फागुन २० गते शनिवार गृह जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे झापा आउन लागेको नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो ।

शनिवार बिहान ७ः४० बजे काठमाडौंबाट चन्द्रगडी प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । पहिलो कार्यक्रम बिहान ९ः३० बजे भद्रपुर गुरुकुलमा सम्मान कार्यक्रम, १२ बजे बिर्तामोड –४ मेघावारीमा पुराण उद्घाटन, २ बजे बिर्तामोड नगर अस्पताल उद्घाटन् र ४ बजे बिर्तामोड –८ स्थित दुर्गा मन्दिरमा भेटघाट कार्यक्रममा सहभागी हुने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित खबर