बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

शनिवार, चैत २, २०८१

काँकरभट्टिा, २ चैत्र : लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो ।

आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार श्याम प्रसाइ (एसपी) ले प्रदान गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोल कर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनहरुले जनही नगद २५ हजार र ट्रफ्री प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा आयोजक काँकरभिट्टाफुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको व्ल्याक बुल्स सहभागी रहेका थिए ।

पूर्व खेलाडी सम्मानित
सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशीक प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद माननीय गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको गोपाल अधिकारी, मेयर गोपालचन्द्र बुढाथोकी, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आयोजक समितिका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव राजु कार्कीले गरेका थिए ।प्रतियोगिता चैत २४ गतेबाट सुरु भएको थियो ।

सम्बन्धित खबर