Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
आइतवार, चैत ३, २०८१
विराटनगर, ३ चैत: मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्ग खण्डमा शनिवार राती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिवार राति मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को१च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो । तीब्र गतिमा रहेको एम्बुलेन्स सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घाइते चालकलाई उपचारका लागि बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल लगेको थियो । उपचारकै क्रममा चालक राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाका सई भुवन श्रेष्ठले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।