

विराटनगर, ३ चैत: मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्ग खण्डमा शनिवार राती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिवार राति मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को१च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो । तीब्र गतिमा रहेको एम्बुलेन्स सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घाइते चालकलाई उपचारका लागि बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल लगेको थियो । उपचारकै क्रममा चालक राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाका सई भुवन श्रेष्ठले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


