Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
भन्सार विधेयकमाथि छलफल
आइतवार, चैत ३, २०८१
काठमाडौँ, ३ चैतः भन्सार चोरी पैठारीमा के कस्तो सजाय हुने भन्ने विषयमाथिको छलफल यथावत राखी भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८१ माथिको छलफल अघि बढेको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा विधेयकको दफा ८५ मा रहेको कसुर र दफा ८६ मा रहेको जरिवाना तथा सजायसम्बन्धी व्यवस्थालाई पछि छलफल गर्ने गरी दफावार छलफल अघि बढाइएको समितिका सचिव रेखा उपाध्याय खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकले विधेयकको दफा ८८ सम्मको दफावार छलफल टुङ्ग्याएको छ । विधेयकको दफा ८५ र ८६ मा सांसद मनीष झा र मीना तामाङको संशोधन प्रस्ताव थियो ।
विधेयकमाथि सांसदहरु मनीष झा, रुपा विक, रमा कोइराला, मैना कार्की, गणेश पराजुली, तोसिमा कार्की, सोविता गौतम, बिनिता कठायत, शिशिर खनाल, महेशकुमार बर्तौला र मीना तामाङलगायतले संशोधन प्रस्ताव राख्नुभएको छ ।
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित बनाउन र महसुल सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक महसुस गरी सरकारले ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ ल्याएको हो ।