सोमवार, चैत ४, २०८१
Nayapaper | अनलाइन पत्रिका

प्रचण्डको फोटो जलाउने राप्रपा नेता बम पक्राउ

आइतवार, चैत ३, २०८१

काठमाडौं, ३ चैत्र : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो ।

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् ।

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।

सम्बन्धित खबर