शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु

आइतवार, चैत ३, २०८१

संयुक्त राज्य अमेरिका, ३ चैतः संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले घरका छानाहरू भत्केका र ठूला ट्रकहरू पल्टिएको देखाएका छन् र पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन्। कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम भएका कारण ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिरहरू सार्वजनिक गरिएको छ । राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू “चक्रवात, आँधीबेहरी र ठूलाठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।

मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेशन केएसडीकेसँग भन्नुभयो, “यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो कुरा थियो, यो यति तीब्र र कडा थियो कि यसको अनुमानसम्म गर्न सकिएन । एक्कासी ‘कान फुट्ने’ आँधीले घरहरूका छाना उडाएको र रूखहरू ढलेको आवाज सुनिएको थियो ।”

प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा छ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ । टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ जसले गर्दा सडकमा भिजिबिलिटी कम भएको छ।

छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी गभर्नर सारा हकाबी स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमतिमा उक्त षेत्रमा आपतकालीन अवस्थाको घोषणा गर्नुभएको छ ।

स्यान्डर्सले एक्समा लेख्नुभएको छ, “राष्ट्रपति ट्रम्पले आँधी प्रभावित अर्कान्सासका जनतालाई यस विपत्तिमा जनताकोे दुःखमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रशासनले रातिको आँधीेपछि हामीलाई आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रभरी कम्तीमा दुई लाख घर तथा व्यवसाय शनिबार साँझसम्म विद्युत्विहीन भएको ‘पावरआउटेज डट युएस’ ले जनाएको छ । मिसिसिपी र टेनेसीलगायत मध्य गल्फ कोस्ट राज्यहरूमा शनिबार थप आँधी आउनसक्ने चेतावनी दिइएको छ ।

राष्ट्रिय मौसम सेवाले भनेको छ, “केही लामो दूरीका धेरै शक्तिशाली आँधीमध्ये केही सम्भावित हिंसात्मक हुन सक्छन्, आज साँझसम्म सावधानी अपनाउनु जरूरी हुनेछ।” मध्य र दक्षिणी अमेरिकी राज्यहरू टेक्सास, ओक्लाहोमा र कन्सासको अद्वितीय भौगोलिक र मौसमी अवस्थाका कारण उनीहरूले सबैभन्दा हिंस्रक प्राकिृतिक विपत्तिको सामना गर्नेगर्छन् ।

“टोर्नाडो एली“ भनिने यो ठाउँमा व्यापक रूपमा भिन्न तापमानको हावा अस्थिर, शक्तिशाली आँधी बादलहरूमा मिल्छ र उहाँ मे देखि जूनसम्म हावाहुरी तथा अन्य मौसमी प्रतिकुलताले प्रभावित पार्ने गर्छ । नेसनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनका अनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकामा आँधीसँग सम्बन्धित घटनामा ५४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर