Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
निलम्बनमा परेपछि चन्द्रमाया श्रेष्ठद्वारा एमाले परित्याग
शुक्रवार, फागुन १९, २०७९
भद्रपुर । नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
स्थानीय चुनाव र संघ-प्रदेशको निर्वाचनमा पार्टीको उमेद्वारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको भन्दै एमाले झापाले निलम्बन गरेपछि उहाँले पार्टी नै परित्याग गर्नु भएको हो ।
पार्टीभित्रैबाट पार्टीलाई हराउनेजस्तो जघन्य अपराध गरेपछि पार्टीको सबै वडाले उहाँलगायत पार्टीलाई अन्तरघात गर्ने, विपक्षी पार्टीसँग बैठक बसी बुथसम्म समानान्तर कमिटी बनाई एमालेलाई हराउन लाग्ने नेता तथा कार्यकर्तालाई कार्वाहीको माग गरेपछि एमाले झापाले सामान्य कार्वाही (दुईवर्ष निलम्बन) गरेको थियो ।
चन्द्रगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपसचिव श्रेष्ठले १८ बुँदे आरोप लगाउँदै पार्टी परित्याग गर्नु भएको हो ।