Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा आदित्य पराजुली चयन
सोमवार, चैत ४, २०८१
बिर्तामोड, ४ चैत्र : नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन हुनुभएको छ।
सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका युवा व्यवसायी तथा उद्योगी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो ।
त्यस्तै, महासचिवमा झापा बिर्तामोडका सन्तोष उप्रेती, सचिवमा मोरङका दिपककुमार तिम्सिना, कोषाध्यक्षमा सुनसरीका रण थेवे लिम्बू, सहकोषाध्यक्षमा मोरङका कृष्ण दाहाल चयन हुनु भएको छ।
सदस्यहरुमा मोरङका उमेश कार्की र गणेश नेपाली, सुनसरीका सुयोग पाख्रिन र ममता प्रसाईं तथा उदयपुरका दिना चौधरी हुनु भएको छ । अध्यक्षले अन्य ४ जना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था छ ।
महासंघका केन्द्रीय सदस्य प्रज्ज्वल राईको अध्यक्षतामा भएको भेलाले कोशी प्रदेश समिति गठन गरेको हो । यसअघि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा जिल्ला समिति गठन भइसकेको छ ।