Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा किसान सूचिकरण सहजकर्ता तालिम सम्पन्न
शुक्रवार, फागुन १९, २०७९
झापा । किसान सूचिकरण सहजकर्ता तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा बिहिबार देखि सुरु भएको २ दिने तालिम आज शुक्रवार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेको सिपलाई कार्यान्वयन तथा हुवहु लागु गर्नु पर्ने बताउनु भयो । सहभागीहरुले कृषकको घरघरमा पुगेर ल्याएको तथ्याङ्कको आधारमा कृषि क्षेत्रका समस्या, अवको योजना तर्जुमा लगायतको कुरामा मद्वत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सहभागीहरुलाई नयाँ सिप विकासलाई जोड्ने गरीका काम गर्न आव्हान गर्नु भयो । उहाँले सबैले आफ्नो भुमिका कुशलता पुर्वक निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
किसान सूचिकरणका लागि छनोटमा परेका १५ जनालाई तालिम दिएको कृषि पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । वडा नम्बर ८,९ र १० का किसानहरु सूचिकरणमा १५ जना खटिने छन् । तालिमलाई कृषि ज्ञान केन्द्र झापाका वागवनी विकास अधिकृत अंकित भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत मेघराज वाँस्तोलाको पनि उपस्थिति रहेको थियो ।