शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा किसान सूचिकरण सहजकर्ता तालिम सम्पन्न

शुक्रवार, फागुन १९, २०७९

झापा । किसान सूचिकरण सहजकर्ता तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा बिहिबार देखि सुरु भएको २ दिने तालिम आज शुक्रवार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेको सिपलाई कार्यान्वयन तथा हुवहु लागु गर्नु पर्ने बताउनु भयो । सहभागीहरुले कृषकको घरघरमा पुगेर ल्याएको तथ्याङ्कको आधारमा कृषि क्षेत्रका समस्या, अवको योजना तर्जुमा लगायतको कुरामा मद्वत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सहभागीहरुलाई नयाँ सिप विकासलाई जोड्ने गरीका काम गर्न आव्हान गर्नु भयो । उहाँले सबैले आफ्नो भुमिका कुशलता पुर्वक निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।

किसान सूचिकरणका लागि छनोटमा परेका १५ जनालाई तालिम दिएको कृषि पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । वडा नम्बर ८,९ र १० का किसानहरु सूचिकरणमा १५ जना खटिने छन् । तालिमलाई कृषि ज्ञान केन्द्र झापाका वागवनी विकास अधिकृत अंकित भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत मेघराज वाँस्तोलाको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर